बढ्न थाले कोरोना संक्रमित « Khabarhub

बढ्न थाले कोरोना संक्रमित


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–  चितवनमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा १ हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर १ हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो ।

जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो सङ्ख्या एक हजार २७१ पुगेको छ । सक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ । असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत सङ्क्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव४३ प्रतिशत रहेको छ ।

कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको बताए । उनले भने “राम्रोसँग सङ्क्रमितको सङ्ख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि खतरा बढेको छ ।”

मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुनः सङ्क्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । उनले भने , “निषेधाज्ञा खुकुलो भए पनि उच्च सावधानी अपनाउनुपर्‍यो ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका फिजिसियन डा भोजराज अधिकारीले गम्भीर प्रकृतिका सङ्क्रमित नभएर मध्यम र सामान्य प्रकृतिका सङ्क्रमित बढेको बताए ।

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको आशङ्का हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि सङ्ख्या बढेको हुनसक्ने उनको अनुमान छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापीरूपमा भन्दा जिल्लामा केही कमी भए पनि बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले भने, “हामी सबै सजग भएनौँ भने सङ्क्रमण झन् बढ्न सक्छ । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो ।”

जिल्लाका अस्पतालमा २१९ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयुमा र ११० जना सामान्य शय्यामा उपचाररत छन् । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ८६३ पुगेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : १५ बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६