मधुबालाको प्रेम पाउन अदालतमा दिलीपको बयान « Khabarhub

मधुबालाको प्रेम पाउन अदालतमा दिलीपको बयान


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड फिल्म उद्योगको लेजेण्ड अभिनेता दिलीप कुमार पर्दामा जति दिलचस्पी र रंगीन थिए, पर्दा पछाडि उनको जीवन पनि पर्दाकै जस्तो थियो ।

अभिनेत्री मधुबालासँगको अधुरो प्रेम, सायरा बानोसँगको विवाह र विवाह पछि एक पाकिस्तानी युवतीसँगको प्रेम । दिलीप कुमारको जीवनले प्रेमका मामलामा धेरै परिवर्तन गर्यो । तर अन्ततः उनलाई सदा साथ दिने सायरा नै बनिन् ।

सायरासँग विवाह गर्नुअघि दिलीप कुमार मधुबालाको प्रेममा थिए । तर मधुबालाको पिताका कारण उनीहरुको प्रेमले पूर्णता पाउन सकेन । सन् १९५१ मा फिल्म ‘तराना’को सुटिङका समयमा दिलीप कुमार र मधुबाला एकअर्कासँग नजिकिएका थिए । जुनबेला उनीहरुको अफेयर सुरु भयो, त्यो समयमा मधुबालाको उमेर १८ र दिलीप कुमारको उमेर २९ थियो ।

‘तराना’ पछि उनीहरु सात वर्षसम्म प्रेम सम्बन्धमा रहे । तर मधुबालाको पिता अताउल्ला खानलाई छोरीको दिलीपसँगको प्रेम सम्बन्ध मनपरेन । जसकारण उनीहरुको प्रेमको दुःखद अन्त्य भयो ।

बलिउडको आइकनिक फिल्म ‘मुगल–ए–आजम’ को सुटिङको समयमा दिलीप कुमार र सायरा एकअर्कासँग नजिकिए । तर निकै लामो समयसम्म भएको यो फिल्मको सुटिङका क्रममा उनीहरुबीच असमझदारी बढेपछि उनीहरु अलग्गिए ।

यही बेला दिलीप कुमार र मधुबाला बीआर चोपडाको नयाँ फिल्म ‘नयाँ दौर’को सुटिङ गरिरहेका थिए । यो फिल्मको एक तालिका मध्यप्रदेशमा थियो । तर मधुबालाका पितालाई सुटिङका क्रममा छोरी दिलीपसँग अझ नजिकिने डरले उनले आउटडोर सुटिङमा रोक लगाए ।

मधुबालाले अस्वीकार गरेपछि बीआर चोपडाले फिल्ममा मधुबालाको स्थानमा अर्को अभिनेत्री राख्ने मन बनाए । उनी मधुबालाको स्थानमा वैजयन्ती मालालाई लिन चाहन्थे । जब यो कुरा मधुबालाको पिताले थाहा पाए, उनले चोपडालाई आफू अदालत जाने भनी चेतावनी दिए ।

मधुबालाको पिता अदालत जानु अघि नै चोपडाले अदालतको ढोका ढकढक्याए । चोपडाले मधुबालालाई सम्झौता तोडेको आरोप लगाएका थिए । यो मुद्धामा ‘नयाँ दौर’को अभिनेता दिलीप कुमारलाई पनि बयानका लागि बोलाएको थियो । त्यही समयमा दिलीपले अदालतमा आफूले मधुबालालाई प्रेम गर्ने गरेको र भविष्यमा पनि गरिरहने बताएका थिए । तर दिलीपले बीआर चोपडाको पक्षमा बयान दिइन्, जसकारण मधुबालासँग उनको दुरी बढ्यो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : १५ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको