मलेसियामा अबैधानिक बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने « Khabarhub

मलेसियामा अबैधानिक बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकहरुले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् ।

यसघि मलेसियाको अध्यागमन बिभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोइन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाइएके छ । योसँगै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासकी द्वितीय सचिव यसु बस्नेतले जानकारी दिइन् ।

सचिव बस्नेतका अनुसार अबैधानिक नेपालीले स्वदेश फर्कनका लागि कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइनको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नुपर्ने बताइन् ।

नगद कारोबार नहुने भएकोले अध्यागमन बिभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नुपर्ने उनले बताइन् ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

यो व्यवस्था आगामी डिसेम्बर ३१ सम्म लागू हुने भन्दै सचिव बस्नेतले मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपालीहरुलाई समयमै मौकाको फाइदा उठाई स्वदेश फर्किन आग्रह गरेकी छन् ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर, दूतावासले मलेसिया सरकारलाई समय अवधि थप गर्न अनुरोध गरेको थियो ।

मलेसियाले अबैधानिक कामदारहरुका लागि सञ्चालन गरिरहेको ‘रिक्यालिब्रेसन’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ८८ हजार ३४ जना अवैधानिक विदेशी श्रमिकहरु आ-आफ्नो देश फर्किसकेका छन् । अझै १ लाख ७ हजार ५२४ भन्दाबढी विदेशी श्रमिकहरु अझै फर्किने प्रक्रियामै रहेको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ४० बजे

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी