जापानले दिएको ४ लाख डोज खोप आज नेपाल ल्याइँदै « Khabarhub

जापानले दिएको ४ लाख डोज खोप आज नेपाल ल्याइँदै


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख कोरोनाविरूद्धको खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ ।

कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख डोज एष्ट्राजेनेकाको खोपमध्ये आज र भोलिमा ८ लाख डोज नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकी आठ लाख डोज खोप अर्को साता नेपाल आउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

भुटानले पनि नेपाललाई शुक्रबार तीन लाख डोज एष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । एष्ट्राजेनेकाको यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ।

सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख ज्येष्ठ नागरिकले गत चैतमा लगाएका थिए । पैसा उपलब्ध गराउँदा पनि सेरम इन्स्च्यिूटले खोप उपलब्ध नगराउँदा उनीहरुले दोस्रो डोज लगाउन पाएका थिएनन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ५५ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले