जापानले दिएको ४ लाख डोज खोप आज नेपाल ल्याइँदै « Khabarhub

जापानले दिएको ४ लाख डोज खोप आज नेपाल ल्याइँदै


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख कोरोनाविरूद्धको खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ ।

कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख डोज एष्ट्राजेनेकाको खोपमध्ये आज र भोलिमा ८ लाख डोज नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकी आठ लाख डोज खोप अर्को साता नेपाल आउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

भुटानले पनि नेपाललाई शुक्रबार तीन लाख डोज एष्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । एष्ट्राजेनेकाको यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ।

सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख ज्येष्ठ नागरिकले गत चैतमा लगाएका थिए । पैसा उपलब्ध गराउँदा पनि सेरम इन्स्च्यिूटले खोप उपलब्ध नगराउँदा उनीहरुले दोस्रो डोज लगाउन पाएका थिएनन् ।

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ५५ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा