मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने « Khabarhub

मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् ।

यसअघि मलेसियाको अध्यागमन विभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोईन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाउँदै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासकी द्वितीय सचिव यसु बस्नेतले जानकारी दिएकी छन् ।

सचिव बस्नेतका अनुसार अबैधानिक नेपालीले स्वदेश फर्कनको लागि कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइनको पपेर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नुपर्ने बताइन् ।

नगद कारोबार नहुने भएकोले अध्यागमन बिभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नुपर्ने उनले बताइन् ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

यो व्यवस्था आगामी डिसेम्बर ३१ सम्म लागू हुने भन्दै सचिव बस्नेतले मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपालीहरुलाई समयमै मौकाको फाइदा उठाई स्वदेश फर्किन आग्रह गरेकी छन् ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर दूतावासले मलेसिया सरकारलाई समय अवधि थप गर्न अनुरोध गरेको थियो ।

मलेसियाले अबैधानिक कामदारहरुका लागि सञ्चालन गरिरहेको ‘रिक्यालिब्रेसन’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ८८ हजार ३४ जना अवैधानिक विदेशी श्रमिकहरु आआफ्नो देश फर्किसकेका छन् भने १ लाख ७ हजार ५२४ भन्दाबढी विदेशी श्रमिकहरु अझै फर्किने प्रक्रियामै रहेको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  २ : १० बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान