एसईईको नतिजा सार्वजनिक « Khabarhub

एसईईको नतिजा सार्वजनिक


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो ।

शनिबारको बोर्ड बैठकले नतिजा प्रमाणिकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।

उनका अनुसार बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको छ ।

विद्यालयले मुल्यांकन गरेर सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय इकाईमा पठाएको नतिजालाई नै प्रमाणिकरण गर्ने काम गरेको उनले बताए ।

उनले भने, ‘आआफ्ना विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयलाई थाहा भएकाले सामान्य प्रमाणीकरण मात्र गरेका हौँ ।’

कुन विद्यार्थीले कति जीपिए ल्यायो भनेर विश्लेषण भने नगरेको उनले बताए ।

यो वर्षको एसईई परीक्षा दिन ५ लाख १७ हजारले आवेदन दिएका थिए ।

एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ३ : १२ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को