काठमाडौँ महानगरपालिकाद्वारा ६ कार्यविधि पारित « Khabarhub

काठमाडौँ महानगरपालिकाद्वारा ६ कार्यविधि पारित


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ६ कार्यविधि संशोधनसहित पारित गरेको छ । ती कार्यविधिमा ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन २०७८, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन २०७८, छात्रवृत्ति २०७८, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण २०७८, सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत २०७८, र राजस्व छुट मिनाहासम्बन्धी २०७८ छन् । हालै सम्पन्न कामपाको ६६औँ कार्यपालिका बैठकले यी सबै कार्यविधि पारित गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

इन्द्रजात्रा पर्व संरक्षणमा इन्द्रजात्रा चलाउन आवश्यक पर्ने खर्च र जात्रा सञ्चालनका विषय समावेश छन् । यस कार्यविधिअनुसार अब कामपाको दुई करोड, संघीय सरकारको रु एक करोड ५० लाख, प्रदेश सरकारको रु एक करोड र गुठी संस्थानको रु ५० लाख सहभागितामा पाँच करोडको अक्षय कोष स्थापना हुनेछ ।

लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिमा घरेलु हिंसा वा लैङ्गिक हिंसामा परेका, बेचबिखनमा परेका व्यक्तिको पुनस्र्थापनाका लागि सहयोग गर्ने प्रबन्ध गरेको छ भने छात्रवृत्ति कार्यविधिमा गरिब तथा विपन्न र जेहेन्दार विद्यार्थीका उच्च शिक्षा वा विश्वविद्यालय शिक्षाका लागि एकमुष्ट वा किस्तामा छात्रवृत्ति उपलब्ध गराइनेछ । महानगरको ‘शिक्षा ऐन २०७५’ ले संस्थागत विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यविधिले महानगर क्षेत्रभित्र मानिसको बेचबिखन र ओसारपसारलाई नियन्त्रण गर्नेछ । कसैलाई फकाएर, झुक्याएर, लोभमा पारेर, शरीर बन्दक बनाएर, कमजोरीको फाइदा उठाएर, पदको दुरुपयोग गरेर आफूसँग राख्ने, वेश्यावृत्तिमा लगाउने वा लाग्न बाध्य बनाउने, बन्धक बनाएर राख्ने जस्ता प्रवृत्ति रोक्ने काम गर्नेछ ।

सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधिमा निर्माण हुने निजी तथा संस्थागत भवन र निर्माण भइसकेका भवनलाई बाहिरी स्वरुप परिवर्तन गर्न प्रोत्साहन गरेको छ । यस कार्यविधिअनुसार सम्पदा भवन बनाउन न्यूनतम रु आठ लाखदेखि अधिकतम रु ३२ लाख अनुदान दिइनेछ ।

राजस्व छुट, मिनाहासम्बन्धी कार्यविधिले सार्वजनिक तथा सामुदायिक हितका लागि काम गर्ने व्यक्ति तथा सङ्घसंस्थाहरुलाई दिइने कर छुटसम्बन्धी व्यवस्था छ । यसमा खासगरी आय नहुने र सामूहिक हितका लागि काम गर्नेहरुलाई दिइने छुटसम्बन्धी व्यवस्था यसमा गरिएको प्रवक्ता डङ्गोलले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ४५ बजे

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी

रसुवा बाढीका घाइतेलाई सञ्चारमन्त्री तिमिल्सिनाले भेटे (तस्बिरहरू)

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी

दार्चुलामा पहिरोले चौलानी नदी थुनियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (भिडियोसहित)

दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी

भोटेकोशी बाढीको नवौँ दिन यसरी चलिरहेको छ खोज, उद्धार र राहत अभियान

काठमाडौं- रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज, राहत तथा उद्धारको