बल्ल वीरगञ्जमा होल्डिङ सेन्टर निर्माण « Khabarhub

बल्ल वीरगञ्जमा होल्डिङ सेन्टर निर्माण


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरलाई दृष्टिगत गर्दै भन्सार कार्यालयका गोदाममा होल्डिङ सेन्टर निर्माण शुरुआत गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतबाट वीरगञ्ज नाका हुँदै भित्रिने नागरिकलाई क्वारेन्टिनमा राखेर खान, बस्न तथा चिकित्सा सेवा निःशुल्क रुपमा उपलब्ध गराइने छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले होल्डिङ सेन्टर निर्माण जारी रहेको जानकारी दिए ।

वीरगञ्ज श्रीपुरस्थित चण्डीप्रसाद गणको व्यस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको उक्त होल्डिङ सेन्टरको ठेक्का हनुमान कन्स्ट्रक्शन ललितपुरले लिएको छ । क्वारेन्टिनमा बस्नका लागि ५० अट्ने गरी २० हल, एक प्रशासनिक भवन, एक सेन्ट्रल किचेन छन् ।

विगतमा विद्यालय एवं कलेजलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ३० बजे

भिनिसियस भर्सेज हालाण्ड : विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज

काठमाडौं- विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा

सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी

काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने

काठमाडौं– पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

म्याग्दी– म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड

साहित्यकार चालिसेको ‘अम्मल’ कथासङ्ग्रह सार्वजनिक

काठमाडौं– साहित्यकार अच्युतप्रसाद चालिसेद्वारा लिखित दोस्रो साहित्यिक कृति ‘अम्मल’ कथासङ्ग्रह औपचारिक