एनआरएनए युकेका अध्यक्षमा प्रेम गाहामगर « Khabarhub

एनआरएनए युकेका अध्यक्षमा प्रेम गाहामगर


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवसीय नेपाली सङ्घ बेलायतका अध्यक्षमा प्रेम गाहामगर विजयी भएका छन् । पहिलो पटक अनलाइन मतदानमार्फत निर्वाचन सम्पन्न भएको थियो ।

झण्डै साढे ११ हजारले गरेको मतदानबाट अध्यक्ष गाहामगरले चार हजार पाँच सय ७४ मत प्राप्त गरे । दुई उपाध्यक्षमा सुनिलबाबु खड्काले चार हजार एक सय ६९ र गोविन्द खरेलले तीन हजार ६ सय ६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै महिला उपाध्यक्षमा सकुन्तला गुरुङ, महासचिवमा खुसी लिम्बू,सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले, कोषाध्यक्षमा विष्णु खरेल, सह–कोषाध्यक्षमा शशाङ्क शर्मा, युवा संयोजकमा तीर्थबहादुर मल्ल, महिला संयोजकमा विमला लिम्बू र सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भीम खनाल र बालकृष्ण दाहाल विजयी भएका छन् ।

त्यसैगरी क्षेत्रीय समितिमा इङल्यान्ड राज्य परिषद्का अध्यक्षमा एलबीजेड गुरुङ र स्कटल्यान्ड परिषद्का अध्यक्षमा काशिराम भण्डारी विजयी हुनुभएको निर्वाचन पर्यवेक्षक भगिरथ योगीले जानकारी दिए ।

निर्वाचन समितिले गत सोमबार नेपाल पत्रकार महासङ्घ युके शाखाका अध्यक्ष ध्रुव अर्याल, निवर्तमान अध्यक्ष नरेश खपाङगीमगर र वरिष्ठ सञ्चारकर्मी योगीलाई निर्वाचन पर्यवेक्षक रुपमा जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ३० बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको