गर्मीमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ? « Khabarhub

गर्मीमा देखिने स्वास्थ्य समस्याबाट कसरी बच्ने ?


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मीको मौसममा सडक पेटीमा राखेको खानेकुरा जस्तै पानीपुरी, चटपटे, निम्बुपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा खानेले स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । यस्ता खानेकुराले झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नहुने लगायतको समस्या आउन सक्छ ।

झाडाबान्ताका कारण कतिपय अवस्थामा मानिसको ज्यान समेत जान सक्छ । त्यसैले खानेकुरा, पानी खाँदा सफा, सुरक्षित र स्वस्थकर मात्र खानु पर्दछ । यस्तै, गर्मीमा फोहर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने, सुक्खा रुघाखोकी लागेर परिवारका सदस्यमा एकअर्कालाई सरेर समस्या हुने गर्दछ । यसबाट समेत बच्नु पर्दछ ।

गर्मी मौसममा फ्लुको सङ्क्रमण बढ्ने भएकाले धुलोधुवाँ, भीडभाडबाट बच्नु पर्दछ । विशेषगरी यो मौसममा खाना राख्ने तथा खाने भाँडा फोहर भएर पनि रोग लाग्न सक्छ । अझ बजारमा काटेर राखिएका फलफूल नधोइ खादाँ झाडाबान्ता र हैजाका सिकार हुने खतरा रहन्छ ।

यो मौसममा झिङ्गा, लामखुट्टे, फट्याङ्ग्र्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवम् रहनसहनमा विशेष ध्यान पुर्याउनु आवश्यक छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : २० बजे

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई