३ हजार २१८ कोरोना संक्रमित थपिए, १९ को मृत्यु « Khabarhub

३ हजार २१८ कोरोना संक्रमित थपिए, १९ को मृत्यु


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार २३१ र ४ हजार ७०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९८७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ७२२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.६ प्रतिशत रहेको छ ।

त्यस्तै हालसम्म नेपालमा २३ लाख ५९ हजार ७९३ जनाले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ५४ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको