सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छ : प्रधानमन्त्री देउवा « Khabarhub

सबैको सहयोगले मात्र कोभिड रोकथाम हुन्छ : प्रधानमन्त्री देउवा


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उनले दिनुभएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताए । उनले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्नुहुँदै भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आह्वान गरे । उनले महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय खोप रहेको भन्दै विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको बताउँदै खोप लगाउँदा दूरी कायम गरी लाइनमा बस्नसमेत अनुरोध गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले मास्क र खोप अभियानलाई वडावडामा स्वयंसेवक राखेर सफल पार्नुपर्छ भन्दै कोभिड–१९ महामारीले स्वास्थ्य सेवासँगै आर्थिक क्रियाकलापमा पनि गम्भीर असर पुर्‍याएको हुँदा सङ्क्रमण नियन्त्रण गर्नका लागि खोप र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा आग्रह गरे ।

उनले सही ढङ्गबाट मास्क लगाउने र मास्क लगाउन उत्प्रेरित गर्नका लागि अभियान शुरु गरिएको जानकारी दिए । मास्कको सही प्रयोगले सङ्क्रमण हुन दिँदैन त्यसैले मास्कको सही प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । राज्यमन्त्री श्रेष्ठले सङ्क्रमणबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको भन्दै सबै नेपालीमा छिटोभन्दा छिटो खोप पुर्‍याउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

उनले निषेधाज्ञा खुकुलो भएसँगै मानिसको भीड बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढेर अस्पतालमा पनि बिरामी भर्ना हुने दर बढेको उल्लेख गरे । “आवश्यकताले काम बाहिर जाँदा र खोपका लागि खोप केन्द्रमा जाँदा सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्दछ”, उनले भने ।

स्वास्थ्य सचिव डा रोशन पोखरेले मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएकाले अभियान सञ्चालन गर्नुपरेको बताए । “मास्क आफूलाई बच्न मात्र नभएर आफ्नो परिवार, समाजलाई बचाउन महत्वपूर्ण भूमिका खेल्दछ”, उनले भने, “त्यसैले सबै नेपालीलाई अनिवार्य मास्क लगाउन आग्रह गर्न चाहन्छाँै ।” उनले जनस्वास्थ्य मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि हेलचक्र्याइँ गरेकाले स्वास्थ्य मापदण्ड र मास्कको महत्वबारे जानकारी गराउन अभियान गरिएको जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी विच्छाले घर बाहिर निस्कँदा मास्क लगाएर मात्र निस्कन आग्रह गरे। उनले यही साउन २५ गतेदेखि एस्ट्राजेनिका खोप साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको लगाउने जानकारी दिए ।

कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश पाण्डवले मास्क लगाउनु आफ्नो समुदायप्रति सहयोगी बन्नु पनि रहेको बताए । सवारी साधन चलाउँदा अघि सिटबेल्ट, मोटरसाइकल चलाउँदा हेलमेटजस्तै घरबाट निस्कदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरे ।

मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्नका लागि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धताः मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शुरु गरेको अभियान यही साउन २९ गतेसम्म सञ्चालन गरिने छ । म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ०१ बजे

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु