पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाल २ विकेटले विजयी « Khabarhub

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाल २ विकेटले विजयी

सन्दीपको शानदार बलिङ, लिए ४ विकेट


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको पहिलो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा जित हात पारेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।

पीएनजीका लागि सिआकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै चार्लेस अमिनीले २३ रन जोड्दा गौडी टोकाले २२ रन बनाए । किप्लिन डोरिगा १५ रनमा आउट हुँदा सेसे बाउ १४ रनमा आउट भए ।

कप्तान असाद भाला ४ रनमा आउट हुँदा टोनी उरा र नोसिना पोकाना १र१ रन तथा जासन किला र डामिन राभु सुन्य रनमा पेभेलियन फर्किए । चाड सोपेर १७ रनमा अविजित रहे ।

सन्दीप एक्लैले लिए ४ विकेट

नेपालको जितका लागि सन्दीको बलिङ पनि उत्कृष्ट रह्यो उनले  ४ विकेट लिए । उनले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

डेब्यु खेलाडी बिक्रम सोबले २ विकेट लिए । बिक्रमले ५ ओभरमा एक मेडनसहित २० रन खर्चिएर २ विकेट लिएका हुन् । बिक्रम डेब्यु खेलको पहिलो बलमै विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलिरहेको हो ।

नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : ०८ बजे

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई