बेनी अस्पतालमा सुत्केरीले भत्ता पाएनन् « Khabarhub

बेनी अस्पतालमा सुत्केरीले भत्ता पाएनन्


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् ।

हिमाली र पहाडी जिल्लाका प्रसूतिगृहमा सुत्केरी हुनेलाई प्रोत्साहनबापत रु दुई हजार र चार पटक गर्भजाँच गरेबापत प्रतिपटक रु २०० का दरले एकमुष्ठ रु तीन हजार ८०० उपलब्ध गराउने सरकारको कार्यक्रम छ  ।

अस्पतालले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा सुत्केरीले सरकारले दिएको सुविधाबाट वञ्चित भएको गुनासो गरेका छन् । बेनी अस्पतालमा सुत्केरी भएकी रिना विकले सरकारले दिएको सुविधाबाट बन्चित भएको गुनासो गरे ।

आमा सुरक्षा कार्यक्रमबाट सङ्घीय सरकारले सुरक्षित प्रसूति सेवामार्फत मातृ शिशु मृत्युदर घटाउन र स्वास्थ्यमा सुधार ल्याउन प्रोत्साहन भत्ता तथा यातायात खर्च दिने व्यवस्था मिलाएको छ । बेनी अस्पतालमा गत साउनदेखि यही असोज २० गतेसम्म १२६ ले प्रसूति सेवा लिएका छन् ।

अस्पतालकी नर्सिङ इञ्चार्ज मनदेवी गौतमले सुत्केरीलाई रित्तै घर पठाउन बाध्य भएको बताइन् ।

‘विगतमा सङ्घीय सरकारले पठाउने अनुदानबाट सोधभर्ना दिने गरी अस्पताल व्यवस्थापन समितिको बजेटले साउन १ गतेदेखि नै सुत्केरीलाई भत्ता दिने गरिएको थियो’, उनले भने, ‘यसपालि लेखापालले नमानेपछि सुत्केरीलाई भत्ता दिन सकेका छैनौँ ।’

गत आर्थिक वर्ष २०७७/७८ मा १२३ शल्यक्रियामार्फत गरिनेसहित ७३४ ले बेनी अस्पतालबाट प्रसूति सेवा लिएका थिए ।

लेखापालको दरबन्दी नभएको सो अस्पतालमा कोष तथा लेखा नियन्त्रकको कार्यालयले पठाएका लेखापालले सहयोग नगरेपछि १२३ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । औषधि, उपकरण आपूर्तिकर्ता, विद्युत्, खानेपानी जस्ता अत्यावश्यक वस्तु आपूर्तिकर्ताको बिल भुक्तानी रोकिएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई कार्यालयसमेत हेर्ने गरी खटाइएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १० : १५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको