डिजिटल प्लेटफर्ममा रिलिज भयो ‘एक’ « Khabarhub

डिजिटल प्लेटफर्ममा रिलिज भयो ‘एक’


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मधेस मुद्धाको कथा उठान गरिएको फिल्म ‘एक’ घटस्थापनाको अवसर पारेर डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । फिल्मका लेखक तथा निर्देशक मनोज पण्डितका अनुसार फिल्मले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’(सीएआई)को कथा बोलेको छ ।

फिल्ममा अभिनेता प्रमोद अग्रहरिले स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा अभिनय गरेका छन् । अर्का अभिनेता विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टको भूमिकामा छन् ।

फिल्ममा ज्योत्सना योगी, प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेलको अभिनय छ ।

फिल्ममा प्रमोद खड्काको एक्सन, दीपक बज्राचार्यको छायांकन र भरत रेग्मीको सम्पादन छ । गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको संगीत रहेको फिल्म सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो । सिनेमा घर एप, डिसहोमको च्इानल ५५५, नेट टिभी, म्याक्स टिभी र भायोनेटमा रिलिज भएको फिल्मको निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ४ : २२ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी