कोरिया नेपाल मैत्री अस्पताललाई पीसीआर मेसिन एवं किट हस्तान्तरण « Khabarhub

कोरिया नेपाल मैत्री अस्पताललाई पीसीआर मेसिन एवं किट हस्तान्तरण


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरिया नेपाल मैत्री  अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पीसीआर मेसिन र किट सहयोग गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पीसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र पीसीआर परीक्षण किट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई आज हस्तान्तरण गरेको हो ।

सो अवसरमा नगरप्रमुख श्रेष्ठले कोरोना महामारी सुरु हुँदा नेपालमा टेकु अस्पतालसँग मात्रै पीसीआर ल्याब भएकाले परीक्षणको बढ्दो चाप थेग्न नसकेको बेलामा टेकुपछिको नेपालकै दोस्रो पीसीआर ल्याब सञ्चालन गर्ने एक मात्र अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भएको बताए ।

उनले भने, “कोरोना महामारीको बीचमा पहिलो लकडाउन भएलगत्तै हामीले पीसीआर मेसिन ल्याएर ल्याब सञ्चालनमा ल्याऔं, पीसीआर ल्याब सञ्चालन गर्ने टेकु अस्पतालपछि हाम्रो पहिलो हो, कोरोनाका दोस्रो लहरमा पनि अक्सिजन अभाव झेलिरहेकै बेलामा हामीले यस अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरेर अक्सिजन उत्पादन गर्ने नेपालकै पहिलो अस्पताल हुन सफल भयौँ ।”

यो अवधिमा यस अस्पतालले ३२ हजार जनाको पीसीआर परीक्षण गरेको बताउँदै उनले यसअघिको मेसिनले १०० जनाको परीक्षणको रिपोर्ट आउन चार घण्टा लाग्ने गरेकोमा आज आएको मेसिनले १०० जनाको रिपोर्ट २० मिनेटमै दिनसक्ने उच्च प्रविधिको भएकाले अव पीसीआर परीक्षणमा चिन्ता लिनुनपर्ने बताए ।

निजी क्षेत्रले पीसीआर परीक्षण शुल्क रु दुई हजारदेखि दुई हजार ५०० सम्म लिइरहेको अवस्थामा यस अस्पतालले रु एक हजारमा मात्र परीक्षण गरिरहेको भन्दै उनले कोरोनाको तेस्रो लहरको तयारीमा अस्पताल रहेको बताए । उनले भने, “कोरोनासँग पहिलो र दोस्रो लहरमा निकै जुँधेर थिमिका मात्रै नभइ देशभरबाट आएका बिरामीको सेवा दिन सफल भयौं, कोरोनाको तेस्रो लहर आउने विज्ञहरुले बताइरहँदा हाम्रो अस्पतालमा त्यसको तयारी गरिसकेका छौँ, १७ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष, जनशक्ति र १०२ श्ययाको अस्पताल तयारी अवस्थामा छ ।”

रोटरी मध्यपुरको समन्वयमा रोटरियनको सहयोगमा प्राप्त ६ वटा डायलोसिस मेसिनबाट सेवा सुरु गर्ने बताउँदै उनले रोटरी मध्यपुरले अस्पताललाई निकै सहयोग पुर्‍याएको बताए ।

रोटरी क्लब अफ यलःका अध्यक्ष डा सुमित्रा मानन्धरले मानवीय सेवामा धेरै काम गर्दै आएको रोटरी क्लब र मध्यपुरथिमी नगरपालिका बीचको सम्बन्ध निकै राम्रो रहेको चर्चा गरिन् । अस्पतालमा यो मेसिन सञ्चालनका लागि जनशक्तिलाई तालिम आवश्यक रहेको औल्याउँदै मेसिनको उचित प्रयोगसँगै यसको बेलाबेलामा मर्मत सम्भार नभए अर्थ नहुने भएकाले मर्मतमा ध्यान दिन आग्रह गरिन् ।

रोटरी ग्लोबल ग्रान्टका दिलेन्द्रराज श्रेष्ठले रोटरीको सहयोगमा ललितपुरमा करिब रु दुई करोडको लागतमा पहिलो ब्लड बैंक स्थापना गरेको बताउँदै अब मुटु रोग अस्पताल निर्माणको चरणमा रहेको बताए ।

यसैगरी मुटु अस्पताल निर्माणका लागि मध्यपुरथिमि नगरपालिकासमेतको रु ५० लाखको सहयोग अतुलनीय रहेको भन्दै उनले स्वाथ्य क्षेत्रमा हातेमालो गर्दै जाने बताए ।

कार्यक्रममा रोटरी ग्लोबल ग्रान्टका कार्यक्रम संयोजक प्रमोद सागर प्रधानले कोभिड महामारीमा ग्राण्टले धेरै देशमा सहयोग गरेको र त्यसै क्रममा नेपाललाई पनि सहयोग गर्दै आएको बताए । ग्रान्टले विभिन्न देशको स्वास्थ्य, खानेपानी र सरसफाइको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विभिन्न देशको रोटरी क्लब र रोटरीयनको सहयोगमा सङ्कलन रकमले सहयोग गर्दै आएको उनले बताए ।

त्यसअवसरमा अस्पतालका कार्यकारी निर्देशक डा ज्ञानकृष्ण कायस्थले रोटरीको सहयोगलाई अस्पतालले मानवीय सेवामा निःस्वार्थ भावनाले प्रयोग गर्दै आएको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ६ : ३८ बजे

कांग्रेसले सरकारलाई भयो-  साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य