भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता : सर्वेक्षण « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता : सर्वेक्षण


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् ।

विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० प्रतिशतले मन पराएका छन् । सर्वेक्षणमा मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्रदर लोकप्रिय देखिएका छन् । उनको एप्रोभल रेटिङ ६६ प्रतिशत छ ।

एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनलाई ४४ प्रतिशतले समर्थन जनाएका छन् ।

सर्वेक्षणअनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ४३ प्रतिशत र जापानका पूर्व प्रधानमन्त्री योशिहिदे सुगालाई ४२ प्रतिशले समर्थन जनाएका छन् ।

समेतलाई मोदीले पछि पारेका हुन् । मोदीले ७० प्रतिशत मत पाउँदा बाइडेनले ४४ प्रतिशत पाएका छन् । एजेन्सी

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  २ : ५० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ