न्युजिल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा « Khabarhub

न्युजिल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्युजिल्यान्ड टी- २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि न्युनिल्यान्ड २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो ।

न्युजिल्यान्डले १ सय २५ रनको सामान्य विजयी लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४० रन तथा डेभन कन्वे ३६ रनमा अविजित रहे ।

ओपनर डर्याल मिचेललाई स्पिनर मुजिब उर रहमानले चौथो ओभरको पहिलो बलमा मोहम्मद शाहजादबाट १७ रनमा क्याच आउट गराएका थिए । नवौं ओभरको पाँचौं बलमा राशिद खानले ओपनर मार्टिन गुप्टिललाई २८ रनमा बोल्ड आउट गरे ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले सर्वाधिक ७३ रनको इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिँदा टिम साउथीले २ तथा एडम मिल्ने, ईश सोधी र जेम्स निशमले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ४९ बजे

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,