न्युजिल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा « Khabarhub

न्युजिल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्युजिल्यान्ड टी- २० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि न्युनिल्यान्ड २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो ।

न्युजिल्यान्डले १ सय २५ रनको सामान्य विजयी लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका कप्तान केन विलियम्सन ४० रन तथा डेभन कन्वे ३६ रनमा अविजित रहे ।

ओपनर डर्याल मिचेललाई स्पिनर मुजिब उर रहमानले चौथो ओभरको पहिलो बलमा मोहम्मद शाहजादबाट १७ रनमा क्याच आउट गराएका थिए । नवौं ओभरको पाँचौं बलमा राशिद खानले ओपनर मार्टिन गुप्टिललाई २८ रनमा बोल्ड आउट गरे ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । अफगानिस्तानका मध्यक्रमका ब्याटर नाजिबउल्लाह जद्रानले सर्वाधिक ७३ रनको इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिँदा टिम साउथीले २ तथा एडम मिल्ने, ईश सोधी र जेम्स निशमले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै