पर्यटन व्यवसाय सञ्चालनको माग | Khabarhub Khabarhub

पर्यटन व्यवसाय सञ्चालनको माग


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– व्यसायलाई सञ्चालनमा ल्याएर पर्यटन उद्योगलाई विस्तारै पुनःस्थापना गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । कोभिड–१९ को सङ्क्रमण सुरू भएपछि लकडाउनका कारण ठमेल क्षेत्र अहिलेसम्म ठप्प छ । दिवाकालीन व्यवसाय सञ्चालनमा आए पनि व्यापारिक लाभ लिन नसकेको ठमेल पर्यटन परिषद्को गुनासो छ ।

पर्यटन व्यवसायमा चुलिँदै गएको आर्थिक सङ्कट व्यवस्थापन गर्न ठमेल खुला गर्नुपर्ने र रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनुपर्ने व्यवसायीको माग रहेको छ । बिहीबार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले सरकारले सञ्चालनको अनुमति दिएन भनिरहँदा व्यवसायलाई थप व्यवस्थापन गर्नेतर्फ पनि ध्यान दिन आग्रह गरे । “ठमेलमा व्यवसायी र घरधनीका आफ्ना–आफ्नै गुनासा र समस्या छन् । छुट्टाछुट्टै सुन्दा कुरा सबैका जायज लागे पनि दुवै पक्षले समझदारी नगरी व्यवसाय अघि बढाउन सकिँदै”, कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले भने।

ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताए । त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । कुनै ठाउँमा ९ बजे, कतै १० बजे र कतै ११ बजे व्यवसाय बन्द गर्ने व्यवहार असमान भएको उनीहरूको गुनासो थियो ।

छलफलमा सहभागी घरधनीले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लील गतिविधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए । यस क्षेत्रमा करिब १० हजार व्यवसायी र दुई हजार घरधनी छन् । सिजनमा ठमेलले दैनिक रु ३० देखि ३५ करोड र अफसिजनमा रु १८ देखि २० करोड कारोवार गर्ने गरेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ३२ बजे

आज २०८२ साल असार १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १६ गते सोमबार। असार

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३