अफ्रिकाविरूद्धको तीन खेलको सिरिज पाकिस्तानलाई « Khabarhub

अफ्रिकाविरूद्धको तीन खेलको सिरिज पाकिस्तानलाई


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पाहुना टोली पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।

सेन्चुरीयनमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई २८ रनले हराउँदै पाकिस्तानले सिरिज २-१ ले जितेको हो ।

पाकिस्तानले दिएको ३ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीका ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ९२ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका लागि जन्निमान मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै केली भेरीनीले ६२ रन जोड्दा एडिलेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

पाकिस्तानका सहिन साह अफ्रिदी र मोहमद नवाजले ३/३ विकेट लिए । हरिस राउफले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २० रन बनाएको थियो ।

पाकिस्तानका फखर जमानले १ सय १ रनको शतकीय इनिङ्स खेले । उनले दक्षिण अफ्रीकाविरुद्ध लगातार दोस्रो शतक बनाएका हुन् । जमान प्लेयर अफ दि सिरिज घोषित भए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : ३५ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको