अफ्रिकाविरूद्धको तीन खेलको सिरिज पाकिस्तानलाई « Khabarhub

अफ्रिकाविरूद्धको तीन खेलको सिरिज पाकिस्तानलाई


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पाहुना टोली पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।

सेन्चुरीयनमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई २८ रनले हराउँदै पाकिस्तानले सिरिज २-१ ले जितेको हो ।

पाकिस्तानले दिएको ३ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीका ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ९२ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका लागि जन्निमान मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यस्तै केली भेरीनीले ६२ रन जोड्दा एडिलेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

पाकिस्तानका सहिन साह अफ्रिदी र मोहमद नवाजले ३/३ विकेट लिए । हरिस राउफले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २० रन बनाएको थियो ।

पाकिस्तानका फखर जमानले १ सय १ रनको शतकीय इनिङ्स खेले । उनले दक्षिण अफ्रीकाविरुद्ध लगातार दोस्रो शतक बनाएका हुन् । जमान प्लेयर अफ दि सिरिज घोषित भए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : ३५ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम