बिरामी बोक्न कावासोतीमा अटो एम्बुलेन्स « Khabarhub

बिरामी बोक्न कावासोतीमा अटो एम्बुलेन्स


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला सदरमुकामस्थित कावासोती नगरपालिकाले कोरोना संक्रमित बिरामीलाई बोक्न तीन पांग्रे अटो प्रयोग गर्न थालेको छ ।

भारतमा कोभिड संक्रमण भयावह भएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले अटोलाई नै एम्बुलेन्स बनाएका थिए ।

नवलपुरको कावासोती नगरपालिकाले पनि निःशुल्क रुपमा बिरामी बोक्न भन्दै अटो तैनाथ गरेको छ ।

नवलपुरकै देवचुली नगरपालिकामा वैशाख २० गते एम्बुलेन्स नपाउँदा टेक्टर विरामी बोकेको घटनाले सवत्र चासो बढिरहँदा देशका विभिन्न ठाउँका पालिकाहरुले जनप्रतिनिधि चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेका छन् ।

कावासोती नगरपालिकाले यसअघि एउटा एम्बुलेन्स कोभिडका विरामीलाई बोक्न निःशुल्क रुपमा तैनाथ गरेको थियो । अहिले पुनः तीन वटा अटो तैनाथ गरिएको नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनीयाले बताए ।

कोभिड बिरामी बोक्नका लागि एउटा एम्बुलेन्स र नगर क्षेत्र भित्र रहेका मेडिकल हस्पिटलसम्म अन्य बिरामीलाई लैजान तीन ओटा अटो सवारी निःशुल्क सेवा दिइएको भन्दै उपमेयर मर्दनीयाले सामाजिक सञ्जाल फेसबुकबाट कावासोती नगरबासीलाई सेवा लिन अपिल गरेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  २ : ५९ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)