जनताका पक्षमा द्रुत गतिमा काम गर्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता « Khabarhub

जनताका पक्षमा द्रुत गतिमा काम गर्ने मुख्यमन्त्री भट्टको प्रतिबद्धता


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका पक्षमा द्रुत गतिमा काम गर्ने बताएका छन् ।

आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले विश्वासको मत आउनुले नै सरकारले राम्रो काम गरेको स्पष्ट भएको बताउँदै जनअपेक्षा पूरा गर्ने जनाएका हुन् ।

उनले भने,‘‘लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न विश्वासको मत प्राप्त भएको ठानेको छु ।’’ उनले आगामी दिनमा सबैलाई सँगै लिएर प्रदेशको विकास र समृद्धिका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री भट्टका पक्षमा माओवादी केन्द्रका १३ र नेकपा (एमाले) बाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ गरी ३० सदस्यले मत दिएका थिए । प्रदेशमा १२ सदस्य रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठकमा उपस्थित भएरपनि तटस्थामा रहेको थियो भने एमालेको संस्थापन पक्षका सात र जनता समाजवादी पार्टीका दुई सदस्यले विपक्षमा मतदान गरेका थिए ।

एमालेका प्रदेशसभा सदस्य लीलाधार भट्टले नियमावलीबमोजिम मुख्यमन्त्रीले सचिवालयमा प्रस्ताव प्रस्ताव दर्ता गराएको ४८ घण्टा नपुग्दै छलफल शुरु गरिएको भन्दै नियमापत्ति गरेका थिए ।

एमालेको स्थायी समितिको यही जेठ १० गतेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

उक्त निर्णय विपरीत एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकको बहुमतले हाललाई समर्थन कायम राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : १५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्