वामदेव गौतमको प्रस्ताव : २०७५ जेठ २ मा कायम स्थायी कमिटी बैठक बोलाऔँ « Khabarhub

वामदेव गौतमको प्रस्ताव : २०७५ जेठ २ मा कायम स्थायी कमिटी बैठक बोलाऔँ

ओलीको प्रस्तावलाई एकताको इमान्दार प्रयत्न मान्न सकिन्न


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता वामदेव गौतमले विभाजनको डिलमा पुगिसकेको पार्टीलाई एकताबद्ध गर्न २०७५ जेठ २ गते कायम स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

पार्टी एकता राष्ट्रिय अभियानको सोमबार भर्चुअल रुपमा भएको कार्यसम्पादन समितिको बैठकको निष्कर्ष सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

एकता अभियानका संयोजक गौतमले मंगलबार जारी गरेको विज्ञप्तिमा कार्यसम्पादन समितिको बैठकले अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।

ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमान्दार प्रयत्न मान्न नसिकने निष्कर्ष निकालेको हो ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : २६ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’