चिनियाँ कम्युनिस्ट पार्टीले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण  « Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टीले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण 


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

मंगलबार एमाले पार्टी कार्यालय थापाथलीमा एमालेका महासचिव ईश्वर पोखरेलले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

एमालेले चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको ३० थान अक्सिजन कन्सन्ट्रेटर र १ लाख थान एन ९५ माक्स हस्तान्तरण गरेको हो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले कोरोनामा राजनीति गर्नुपर्ने कारण नरहेको र कोरोना साझा समस्या भएकाले यसबाट लड्न राज्यलाई सवल बनाउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री हस्तान्रण गरिएको बताए ।

उनले देशभरका पार्टीपङ्ति  राज्यसँग समन्वय गरेर कोरोना नियन्त्रणमा लागेको बताए ।

त्यस्तै स्वास्थ्य मन्त्री तामाङले सरकारले प्राप्त स्वास्थ्य सामाग्रीहरुको मापदण्डअनुसार देशका विभिन्न स्थानमा पठाइने जनाए ।

उनले देशभर मंगलबारबाट खोप लगाउने अर्को अभियान सुरु भएको र सरकारको ध्यान नागरिकको जीवनरक्षामा केन्द्रित रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ०७ बजे

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद