साना वैदेशिक लगानीका लागि केन्द्रीय बैंकबाट स्वीकृति लिनु नपर्ने « Khabarhub

साना वैदेशिक लगानीका लागि केन्द्रीय बैंकबाट स्वीकृति लिनु नपर्ने


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अबदेखि स–साना विदेशी लगानी नेपालमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने भएको छ । विदेशी ऋणका लागि भने अनुमति लिनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा नेपालमा स्थापना हुने उद्योग तथा कम्पनीको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्चबापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत् नेपाल पठाउन/भित्र्याउन स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ ।

विदेशी लगानीको पूर्वस्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नहुने व्यवस्था विनियमावलीले गरेको छ । शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन भने केन्द्रीय बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ ।

नेपाल भित्रिएको विदेशी ऋणलाई लेखाङ्कन भने विदेशी मुद्रा भित्रिएको छ महिनाभित्र गराइसक्नुपर्ने विनियमावलीले व्यवस्था गरेको छ । यस विनियमावली लागू हुनुपूर्व भित्रिएको तर लेखाङ्कन भइनसकेको विदेशी ऋणबापतको रकमको लेखाङ्कनका लागिसमेत यो विनियमावली लागू भएको मितिबाट बढीमा एक वर्षभित्र कार्यान्वयन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

कागजपत्र पूरा भएको सात दिनभित्र लेखाङ्कन गरिसक्ने नयाँ व्यवस्था गरिएको छ । लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट स्वीकृति प्राप्त गरे पश्चात् आवश्यक मुद्रा सहजै रुपमा नेपाल पठाउन पाउनेछन्।

विदेशी ऋण लिनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्य दिनभित्र सोसम्बन्धी निर्णय गरी राष्ट्र बैंकले निवेदकलाई लिखित जानकारी दिने समेत व्यवस्था गरिएको छ । त्यस्तो विदेशी ऋण बापतको विदेशी मुद्रा नेपाल भित्रिए पश्चात् सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकिएको अनुसूची अनुसारको ढाँचामा प्रमाणपत्र जारी गर्नुपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : १० बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र