यी नदीमा बाढीको जोखिम, बाढी पूर्वानुमान महाशाखाले भन्यो- सतर्कता अपनाउनू « Khabarhub

यी नदीमा बाढीको जोखिम, बाढी पूर्वानुमान महाशाखाले भन्यो- सतर्कता अपनाउनू


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढीका कारण आज मुलुकका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने सम्भावना रहेको जनाएको हो ।

यसैगरी सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, वाग्मती र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाले खोला तथा नदीमा पानीको बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले हाल सप्तरीको बर्मजिया र आसपास पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको तथा माउली खोला लगायत अन्य साना खोलामा पानीको बहाव बढेको भन्दै नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ४० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका