यूएई सरकारले दियो नेपाली डाक्टर यादवलाई ‘गोल्डेन भिसा’ « Khabarhub

यूएई सरकारले दियो नेपाली डाक्टर यादवलाई ‘गोल्डेन भिसा’


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स ( यूएई)मा कार्यरत एक नेपाली डाक्टरले गोल्डेन भिसा प्राप्त गरेका छन्।

विगत ४ वर्ष देखि यूएईको आवुधावीस्थित बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत विराटनगरका डा. रविन्द्रकुमार यादवले गोल्डेन भिसा पाएका छन्।

सन् २०१३ मा यूएई आएका डा. यादव चर्म रोग विशेषज्ञ हुन्। यूएईको अल ऐन रहेको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा. यादव हाल बुर्जिल अस्पताल आवुधावी कार्यरत छन्।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट एमबीबीएस उत्तीर्ण गरेका डा. यादवले बनारस हिन्दू युनिभर्सिटी बाराणासी भारतबाट एमडी गरेका थिए।

यूएई सरकारले गत केही महिनादेखि विशेष व्यक्ति र पेशामा आवद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिँदै आएको छ। यादव यूएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने पहिलो नेपाली डाक्टर बनेका छन् । यो भिसाको अवधी १० वर्षको हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : १५ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको