यूएई सरकारले दियो नेपाली डाक्टर यादवलाई ‘गोल्डेन भिसा’ « Khabarhub

यूएई सरकारले दियो नेपाली डाक्टर यादवलाई ‘गोल्डेन भिसा’


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- संयुक्त अरब इमिरेट्स ( यूएई)मा कार्यरत एक नेपाली डाक्टरले गोल्डेन भिसा प्राप्त गरेका छन्।

विगत ४ वर्ष देखि यूएईको आवुधावीस्थित बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत विराटनगरका डा. रविन्द्रकुमार यादवले गोल्डेन भिसा पाएका छन्।

सन् २०१३ मा यूएई आएका डा. यादव चर्म रोग विशेषज्ञ हुन्। यूएईको अल ऐन रहेको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका डा. यादव हाल बुर्जिल अस्पताल आवुधावी कार्यरत छन्।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जबाट एमबीबीएस उत्तीर्ण गरेका डा. यादवले बनारस हिन्दू युनिभर्सिटी बाराणासी भारतबाट एमडी गरेका थिए।

यूएई सरकारले गत केही महिनादेखि विशेष व्यक्ति र पेशामा आवद्ध गैर नागरिकहरुलाई गोल्डेन भिसा दिँदै आएको छ। यादव यूएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने पहिलो नेपाली डाक्टर बनेका छन् । यो भिसाको अवधी १० वर्षको हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : १५ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट