जूहीलाई अदालतले दियो एक साताको अल्टिमेटम « Khabarhub

जूहीलाई अदालतले दियो एक साताको अल्टिमेटम


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)–दिल्ली उच्च अदालतले अभिनेत्री जूही चावलालाई २० लाख रुपैंयाँ जरिवाना तिर्नका लागि एक हप्ताको अल्टिमेटम दिएको छ । जूहीमाथि फाइभ जी वायरलेस नेटवर्क टेक्नोलोजीकाविरुद्ध उजुरी दर्ता गराउन कानूनको गलत प्रयोग गरेको भन्दै अदालतले जरिवाना तोकेको थियो ।

न्यायधिश जेआर मिधाले अदालत जूहीको व्यवहार देखेर चकित भएको र गरिमापूर्वक जरिवाना भर्नका लागि पनि उजुरीकर्ता तयार नभएको बताएका छन् ।

अदालतले अभिनेत्रीले अदालतको पैसा फिर्ता गर्ने सम्बन्धी तीन उजुरीमा सुनुवाई गरिरहँदा जूहीको वकिलले माफीको उजुरी फिर्ता लिएर एक हप्ता या दश दिनसम्ममा पैसा जम्मा गरिदिने जनाएका थिए ।

गत जूनमा उच्च अदालतले फाइभजी वायरलेस नेटवर्क सेटअपविरुद्ध परेको जूहीको उजुरीलाई खारेज गरिदिएको थियो र २० लाख रुपैयाँ जरिवाना तिर्न भनेको थियो ।
अदालतले उजुरीलाई दोषपूर्ण, कानूनको दुरुपयोग र प्रचारप्रसारको प्रयास भनेको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : ४५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका