क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै « Khabarhub

क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाने भएका छन् । प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्दैछन ।

बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् । द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् ।

द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।

गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् ।

द हन्ड्रेड प्रतियोगितापछि उनले क्यारेबीयन प्रिमियर लिग (सिपिएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ३ : ४५ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको