सलमानसहित आठविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

सलमानसहित आठविरुद्ध प्रहरीमा उजुरी


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता सलमान खान, उनकी बहिनी अलवीरा खान र उनको कम्पनी बिइङ ह्युमनसहित आठविरुद्ध चण्डीगढका एक व्यापारीले उजुरी दिएका छन् ।

ती व्यापारीले बिइङ ह्युमनको शोरुम खोलेपछि कम्पनीले दिल्लीबाट सामान नपठाएको र कम्पनीको साइट पनि बन्द गरेको उल्लेख गरेका छन् ।
प्रहरी अधिकारीले सलमान, अलवीराका अलावा कम्पनीका सिइओ प्रसाद कपारे र अन्य अधिकारीहरु सन्तोष श्रीवास्तव, सन्ध्या, अनूप, सञ्जय रंगा, मानव र आलोकलाई पत्र पठाएका छन् ।

उजुरीकर्ता व्यापारी अरुण गुप्ताले सलमानको भनाई अनुसार आफूले मनीमाजराको एनएसी एरियामा करिब ३ करोडको लागतमा बिइङ ह्युमन ज्वेलरी सोरुम सुरु गरेको उल्लेख गरेका छन् । उनले शोरुम सुरु गर्नका लागि स्टाइल क्विन्टेट ज्वेलरीसँग सम्झौता गरे पनि शोरुम खुलेपछि कसैले सहयोग नगरेको उल्लेख गरेका छन् ।

बिइङ ह्युमनको जुन ज्वेलरी स्टोर अरुणलाई दिने भनिएको थियो, त्यो अहिले बन्द छ । जसकारण उनले सामान पनि पाएका छैनन् ।

व्यापारीको उजुरी परेपछि प्रहरीले सबैलाई १० दिनभित्र जवाफ दिन भनेको छ । अरुणका अनुसार सलमानले उनलाई ‘बिग बोस’को सेटमा बोलाएर कम्पनी खोल्नका लागि आफूले सहयोग गर्ने आश्वासन दिएका थिए । अरुणले सलमानले शोरुमको उद्घाटन गरिदिने बताएको समेत दाबी गरे ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : ०० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका