डुबानमा परेका मोरङ र झापाका एक सय बढी घरपरिवारको उद्धार « Khabarhub

डुबानमा परेका मोरङ र झापाका एक सय बढी घरपरिवारको उद्धार


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङ जिल्लास्थित रतुवामाई खोलामा आएको बाढीले बाँध फुटाउँदा सिजुवा गाउँका करिब २० घर डुबानमा परेका छन् ।

रतुवामाई नगरपालिका ७ राजाबासास्थित रतुवामाई खोलामा बिहीबार आएको बाढीले बाँध फुटेर बस्तीमा पसेपछि डुबान परेका २० घरपरिवालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सौठाबाट सशस्त्र प्रहरी निरीक्षक सिताराम पौडेलको कमाण्डमा गएको टोलीले उनीहरू उद्धार गरेको हो ।

यसैगरी झापा जिल्लाको झापा गाउँपालिका १ मिलन बस्तीमा वर्षाको कारण माईखोलामा आएको बाढी पस्दा डुबान परेका करिब ८५ घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस सालमाराबाट सशस्त्र प्रहरी नायव निरीक्षक पुण्यप्रसाद विमलीको कमाण्डमा खटिएको टोलीले डुबानमा परेका घरपरिवारलाई सोही ठाउँ नजिकै रहेको सितुमाडी प्राथमिक विद्यालयको भवनमा सुरक्षित स्थानान्तरण गरेको हो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ९ : ४५ बजे

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित