बिनयी खोलाको बाढीमा फसेका ९ जनाको उद्धार (भिडियोसहित) « Khabarhub

बिनयी खोलाको बाढीमा फसेका ९ जनाको उद्धार (भिडियोसहित)


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिका – २ बिनयी खोलामा फसेका ९ जनालाई विहीबार प्रहरीले सकुशल उद्धार गरेको छ ।

खोलामा माछा मार्न भनी गएका युवाहरु एक्कासी बाढी आएपछि खोलाको दुई भंगालोको बीचमा फसेका थिए । खोलाको बीचमा फसेपछि प्रहरी टोलीले बिहान सकुशल उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विहान साढे १० बजे उनीहरुलाई खोलाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले जानकारी दिए ।

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ४ का १७ वर्षीय विजय हरिजन, २१ वर्षीय रोहित पासवान, वर्ष २८ का ब्यास यादव र सन्दीप पासवान तथा नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिका १ बस्ने ३२ वर्षीय विश्वास गुरुङ, वर्ष ३४ का बक्सिङ् चौधरी, वर्ष ४५ का विष्णु जिसी, विनयी त्रिवेणी २ का १८ वर्षीय रोशन खाम्चा, पाल्पा रामपुर नगरपालिका १ का २६ वर्षीय खुम श्रेष्ठ माछा मार्न गएकाबेला दुईतिरबाट खोला बढेपछि बीचमै फसेका थिए ।

यस्तै, कावासोती नगरपालिका १० रतौलस्थित बाडखोलामा फसेका स्थानीय ८ जनालाई पनि प्रहरीले सकुशल उद्धार गरेको छ । बाड्खोलामा आएको बाढी पसेर थुनिएका तेजनारायण थनेतको २ जनाको परिवार, बीरबहादुर लामाको २ जनाको परिवार र अर्जुन लामाको चार जनाको परिवारलाई डुंगाबाट उद्धार गरेको प्रहरीले जनाएको छ ।

यसैगरी नवलपुरकै मध्यबिन्दु नगरपालिका १४ बतासाका ३ घर डुबानमा परेपछि विस्थापित भएका छन् । अरुणखोलामा आएको बाढीले एउटा पक्की घर डुबाउनुका साथै दुई वटा कच्ची घरहरु बगाएको छ । विस्थापित भएका उनीहरु छिमेकीको घरमा आश्रय लिइ बसेका छन् । सो ठाउँमा जाने सडक समेत भत्किएकाले जानसक्ने अवस्था नभएको प्रहरी प्रवक्ता गिरीले बताए ।

हेरौँ भिडियो

यस्तै, अरुणखोलाको बाढीले मध्यबिन्दु १५ गर्मीटोलस्थित प्रकाश थापाले सञ्चालन गरेको क्रसर उद्योगको क्यान्टिन बगाएको छ । उक्त क्यान्टिनमा रहेको फ्रिज, खाद्यवस्तु र लत्ताकपडा गरी करिव १ लाख बराबरको सामान क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ४० बजे

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई

प्रधानमन्त्रीको बाचा : स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले