बिनयी खोलाको बाढीमा फसेका ९ जनाको उद्धार (भिडियोसहित) « Khabarhub

बिनयी खोलाको बाढीमा फसेका ९ जनाको उद्धार (भिडियोसहित)


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिका – २ बिनयी खोलामा फसेका ९ जनालाई विहीबार प्रहरीले सकुशल उद्धार गरेको छ ।

खोलामा माछा मार्न भनी गएका युवाहरु एक्कासी बाढी आएपछि खोलाको दुई भंगालोको बीचमा फसेका थिए । खोलाको बीचमा फसेपछि प्रहरी टोलीले बिहान सकुशल उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विहान साढे १० बजे उनीहरुलाई खोलाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले जानकारी दिए ।

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ४ का १७ वर्षीय विजय हरिजन, २१ वर्षीय रोहित पासवान, वर्ष २८ का ब्यास यादव र सन्दीप पासवान तथा नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिका १ बस्ने ३२ वर्षीय विश्वास गुरुङ, वर्ष ३४ का बक्सिङ् चौधरी, वर्ष ४५ का विष्णु जिसी, विनयी त्रिवेणी २ का १८ वर्षीय रोशन खाम्चा, पाल्पा रामपुर नगरपालिका १ का २६ वर्षीय खुम श्रेष्ठ माछा मार्न गएकाबेला दुईतिरबाट खोला बढेपछि बीचमै फसेका थिए ।

यस्तै, कावासोती नगरपालिका १० रतौलस्थित बाडखोलामा फसेका स्थानीय ८ जनालाई पनि प्रहरीले सकुशल उद्धार गरेको छ । बाड्खोलामा आएको बाढी पसेर थुनिएका तेजनारायण थनेतको २ जनाको परिवार, बीरबहादुर लामाको २ जनाको परिवार र अर्जुन लामाको चार जनाको परिवारलाई डुंगाबाट उद्धार गरेको प्रहरीले जनाएको छ ।

यसैगरी नवलपुरकै मध्यबिन्दु नगरपालिका १४ बतासाका ३ घर डुबानमा परेपछि विस्थापित भएका छन् । अरुणखोलामा आएको बाढीले एउटा पक्की घर डुबाउनुका साथै दुई वटा कच्ची घरहरु बगाएको छ । विस्थापित भएका उनीहरु छिमेकीको घरमा आश्रय लिइ बसेका छन् । सो ठाउँमा जाने सडक समेत भत्किएकाले जानसक्ने अवस्था नभएको प्रहरी प्रवक्ता गिरीले बताए ।

हेरौँ भिडियो

यस्तै, अरुणखोलाको बाढीले मध्यबिन्दु १५ गर्मीटोलस्थित प्रकाश थापाले सञ्चालन गरेको क्रसर उद्योगको क्यान्टिन बगाएको छ । उक्त क्यान्टिनमा रहेको फ्रिज, खाद्यवस्तु र लत्ताकपडा गरी करिव १ लाख बराबरको सामान क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ८ : ४० बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी