मल निस्कासनको स्वाभाविक आवृतिमा विलम्ब हुनु, नियमित रुपले मल त्याग गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्टसम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ ।
विशेष रोगावस्था जस्तै आन्द्राका घाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसन रोगजस्ता समस्या बाहेक अधिकांश कब्जियतको मूख्य कारण अप्राकृतिक जीवन शैली हो । भोजन ब्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलीत जीवन नै अप्राकृतिक जीवन हो ।
भोक लागेको बेला नखाने, भोक भन्दा ज्यादा खाने गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफूड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्रायस खाईरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ ।
व्यस्तता र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु, श्रम पछि विश्राम नगर्नेहरु भय, चिन्ता, शोक र उदासिनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । ब्यायाम र श्रम बाट भाग्नेहरुलाई पनि कब्जियतले छाडेको छैन भने लामो समयसम्म विरेचक औषधि, पेनकिलर, नार्कोटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ ।
लक्षणहरुः
मलत्यागको प्राकृतिक आवृतिमा विलम्ब हुनु, मलत्याग गर्न बल लगाउनुपर्ने अवस्था आउनु, दिशा कोमल नभएर गोटा पर्नु, अपान वायु बढ्नु, पेट भारी हुनु वा दुख्नु, भोक नलाग्नु मुख विग्रिनु, रिङ्गटा लाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु छाती पोल्नु र थाकेको महसुस हुनु ।
जोखिम
कब्जियत सामान्य, अहत्वपूर्ण तथा बहुप्रचलित रोग भएता पनि यो रोग कयौँ रोगहरुको कारण हो । पूर्वीय स्वास्थ्य विज्ञानमा कब्जियतलाई भवावही रोगहरुको जननी मानीएको छ । कब्जियत हुँदा लामो समयसम्म मल आन्द्रामा नै रही रहने भएकाले आन्द्रा भित्रै मल सडेर कुपित हुन पुग्छ । यसरी लामो समयसम्म आन्द्रामा मल रहिरहँदा आन्द्राभित्रै विषाक्त पदार्थहरु बन्न पुग्छ । यी विषाक्त पदार्थहरु आन्द्राबाटै अवसोषित भएर रगतको माध्यमबाट शरीरको विभिन्न अंगहरुमा पुग्छन् । फलतः अंगहरुमा विषक्तता बढ्न गई महत्वपूर्ण अंगहरुको कार्य क्षमतामा कमी आउँदा अनेक प्रकारका रोगहरु पैदा हुन जान्छन् । पूर्वीय स्वास्थ्य विज्ञानहरुको मत अनुसार कब्जियतका कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेवल ववेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाईटिस, अपच, गुद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डण्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु, मानसिक समस्याहरु जस्तैः डर, चिन्ता, खिन्नता, उदासिनता, अनिन्द्रा, यौन शक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्य क्षमतामा गडबडीनु जस्तै पटक पटक इन्फेक्सन भइरहनु, सर्दी–मर्कीले सताई रहनु, ज्वरो, खोकी वल्झी रहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु अन्तश्रावी ग्रन्थीहरुको कार्य सुचारु नभएर हारमोनहरुको मात्र घटवड भइरहनु, कोलेस्टेरोल, युरिक एसीड आदी रगतमा भएका तत्वहरुका मात्रा घटवड भइरहनु रक्तअल्पताको समस्या देखा पर्नु महत्पूर्ण अंगहरुको कार्य क्षमता घट्न जस्ता रोगहरु हुन जान्छ ।
खानपान-
विशेष रोगावस्थाका कारणले कब्जियत भएको भए रोगको उचित निधान गरेर रोग निर्मुल पार्नेतिर लागौँ । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन सुधार हो । भोजन सुधार गर्दा निम्नलिखित तथ्यहरूलाई ध्यान दिनुपर्ने हुन्छ।
१. कब्जियत भएकाहरूले पाचन अंङ्गहरुलाई अधिकतम विश्राम दिनकालागि १६ घण्टे उपवाश विधि अपनाउनु पर्ने हुन्छ । यो उपवाश गर्नका लागि साँझ ६ बजे भन्दा पहिल्यै खाना खाएर विहान १० बजे भन्दा पछाडी मात्र खाना खाने गर्नु पर्दछ ।
२. साझको खानामा अन्नलाई समाबेश नगरेर फलफूल, तरकारी र झोलीलो कुरालाई मात्र समाबेश गर्ने गर्दा कब्जियतलाई जित्न सजिलो हुन्छ।
३. बिहानको नास्तापूर्व कुभिण्डो वा लौकाको जुस खाने गर्दा यो रोगको लागि अत्यन्त राम्रो गर्दछ।
४. बिहानको नास्तामा आफ्नो तौलको एक प्रतिशत जस्तै ७० किलोको मान्छे हो भने उसको लागि ७०० ग्राम, ६० किलोको मान्छे हो भने उसको लागि ६०० ग्राम, मौसम अनुसारको चार किसिमका फलफुलहरु जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काक्रो, आँप, सरिफा, बेल बेलौती, मेवाका साथै अंकुरित मुंग र मेथीहरु मौसमी तरकारीहरुलाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ ।
५. ठोस भोजन दिनको एक पल्ट मात्रै लिने गरौँ बिहानको भोजनमा रातो चामल वा मकैको भात, गहुँको वा मकैको पिठोको रोटी, काउली, बन्दा, तोरी र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रैसित पकाएको दालले पनि कब्जियतमा फाईदा पुर्याउछ ।
६. बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारीसँग मोही मात्र खादा कब्जियतमा राम्रो गर्छ ।
७. माछा, मासु अन्डा, घ्यू, पनिर,दुध, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । चीकु, केरा, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनी, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।
ब्यायामः
अङ्गब्यायम,रिढब्याम, सिथिलीकरण ब्यायम, प्रातःभ्रमण, सूर्य नमस्कार, योगासन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पुर्याउँदछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृतसरी काम गर्छ ।
उपचारः
१.पेटलाई सफा गर्ने षटकर्म विधिहरू जस्तै एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन, पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ ।
२. पेटको मांशपेशीहरूलाई प्रभाव तुल्याउने किसिमका उपचार पद्धतिहरू जस्तै तातोको सेकाई, पेटको व्यायाम आदि गर्दा पनि राम्रो लाभ पुर्याउदछ।
कब्जियत आफैमा ठुलो समस्या नभए पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ ।
सावधानीहरु
१. राति चाँडै सुत्ने बिहान ब्रह्म मूर्हत घाम झुल्किदा सम्मको समयभित्र उठी सक्ने । उठ्ने बित्तिकै १ लिटर जती मन तातो पानी पुउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्याउदछ ।
२. दैनिक ३० मिनेटको व्यामलाई जीवन शैलीको अभिन्न अंग बनाऔँ । अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्यायाम, प्रँतःभ्रमण जस्ता व्यायामले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न सहयोग पुर्याउछ ।
३. भोजनको समय निश्चित गरी नियमित उसै समयमा भोजन गर्ने गरौँ । रातिको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस् । भोजनको लगतै सुत्ने बानी कब्जियतको मुख्य कारण मध्य एक हो । भोजन गर्दा खुब चपाईचपाई खाने गरौँ । भोजनको समयमा बातचित गर्ने, उठी उठी बा टिभी, कम्प्युटर अथवा मोबाइलमा ब्यस्त रहेर भोजन गर्नेहरुमा कब्जियत ज्यादा पाइएको छ ।
४. कुटाइमा कचर पचर खाइ रहने बानी भए त्यागौँ ।
५.खानामा मौसमी तथा क्षेत्रीय अन्न तथा सागसब्जिहरुको बिशेष समायोजन होस् । कच्चा सागसब्जी, सलाद तथा रेसादार फलफूलहरुको समायोजनले कब्जियत नियन्त्रण गर्न विशेष सहयोग गर्दछ ।
६. मल त्यागको समयमा मनलाई पूर्ण रुपमा मल त्याग गर्नमा नै लगाऔँ । शौचालयमा बसेर अखबार पढ्ने, गीत संगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिस्किले मल त्याग सम्बन्धि सूचना सम्बन्धित अंगहरुलाई दिने बिलम्ब गर्ने हुँदा कब्जियत हुने सम्भावन रहन्छ ।
७. कब्जियतका उपर्यूक्त लक्षण देखिएमा समयमै चिकित्सकको उचित परामर्श लिई रोगको निदान गर्न तिर लागौँ ।
प्रतिक्रिया