राष्ट्रिय क्रिकेट टोलीको फिटनेस ट्रेनरमा गोहिल नियुक्त « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीको फिटनेस ट्रेनरमा गोहिल नियुक्त


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाइ गोहिललाई नियुक्त गरेको छ ।

गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । खेलाडीको फिटनेश सुधारमा गोहिलको मुख्य भूमिका रहने क्यानले जनाएको छ ।

गोहिलले अष्ट्रेलियाको स्ट्रेन्थ तथा कन्डिसनिङ एसोसिएसनबाट लेभल टु पास गरेका छन् । उनीसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टोलीसँग काम गरेको अनुभव रहेको क्यानले जनाएको छ ।

आगामी महिना ओमानमा आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका हुँदैछ । सोही प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण थालिसकेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ०१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब