दक्षिण अफ्रिकाविरूद्धको एकदिवसीय सिरिज श्रीलंकालाई « Khabarhub

दक्षिण अफ्रिकाविरूद्धको एकदिवसीय सिरिज श्रीलंकालाई


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज श्रीलंकाले जितेको छ ।

कोलम्बोमा मंगलबार भएको तेस्रो खेलमा ७८ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले जितेको हो ।

श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा सीमित भयो ।

दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोड्दा जर्ज लिन्डे र जान्नेमन मालनले १८/१८ रन जोड्न बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकाका महेस थिक्सनाले ४ विकेट लिँदा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । श्रीलंकाका चारिथ असालंकाले ४७ रन जोड्दा धनन्जय डी सिल्भाले ३१ रन जोडे ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : १० बजे

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन