अभिनेत्री अलंकृतालाई बन्धक बनाएर लुटपाट « Khabarhub

अभिनेत्री अलंकृतालाई बन्धक बनाएर लुटपाट


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– अभिनेत्री तथा इन्टेरियर डिजाइनर अलंकृता सहायलाई लुटेराको एक समूहले घरमा बन्धक बनाएर नगद लुटेका छन् । उनको चण्डीगढको सेक्टर–२७ को घरमा मंगलबार दिउँसो १२ बजेको समयमा तीन लुटेरा पसेर चक्कु देखाउदै साढे ५ लाख रुपैंयाँ लुटेका हुन् ।

पैसा लुट्नु अघि लुटेराले अभिनेत्रीलाई बन्धक बनाएका थिए । त्यसपछि दुई घण्टा घरमै बसेर सबै पैसा संकलन गरेपछि घरको छतबाट भागेका थिए ।

लुटेराले उनलाई घरको बाथरुममा बन्धक बनाएका थिए । लुटेराले उनलाई एटीएम र एटीएमको पिन पनि मागेको थियो । त्यसपछि एटीएमको माध्यमबाट लुटेराले ५० हजार रुपैंयाँ निकालेका थिए । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

अलंकृता सन् २०१४ को ‘मिस इण्डिया अर्थ’ विजेता हुन् । उनी सेक्टर २७ मा एक लेफ्टिनेन्ट कर्णेलको घरको दोस्रो तलामा बस्छिन् । उनी नयाँदिल्लीमा बस्ने भए पनि एक महिना अघि चण्डीगढमा सरेकी थिइन् ।

पञ्जाबी म्यूजिक भिडियोमा अभिनयका लागि उनी चण्डीगढ आएकी थिइन् । प्रहरीले उनको कोठाको सिढीमा राखिएको सीसीटीभी फुटेजका आधारमा लुटेराको पहिचान गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ३ : ४० बजे

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित