बेलायतले रातोसूचीबाट नेपाललाई हटायो « Khabarhub

बेलायतले रातोसूचीबाट नेपाललाई हटायो


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।

अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ ।

यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन् । रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ ।

बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ । त्यसमा अक्सफोर्ड/एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ ।

नेपालबाट बेलायत आउँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । जुनसुकै देशबाट आए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : २० बजे

चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा आयात-निर्यातमा असर

काठमाडौं– चीनसँग व्यापारिक कारोबार हुने तीनवटै नाका बन्द हुँदा चीनसँगको

दुबई–तेल अभिभ उडानका घाइते भारतीय क्याप्टेनलाई मोदीले भने ‘नायक’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुबई–तेल अभिभ उडानका क्रममा सह–पाइलटसँग विमानको

कांग्रेसले सरकारलाई भयो- साना मुद्दामा अल्झिँदा विकासको सपना मृगतृष्णा बन्ने खतरा छ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान