आज विवाह गर्दै सुदर्शन र सुप्रिया « Khabarhub

आज विवाह गर्दै सुदर्शन र सुप्रिया


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिना अघि इन्गेजमेन्ट गरेका निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालको जोडीले आज विवाह गर्दैछन् । उनीहरुले नक्सालस्थित आरण्य बुटिक होटलमा विवाह गर्न लागेका हुन् ।

निर्देशक सुदर्शनले भदौ २१ गते आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग औठी साटासाट गरेका थिए । सयभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुप्रिय एपीवान टेलिभिजनकी समाचारवाचिका हुन् । सुप्रियाले फिल्म ‘साढे सात’मा अभिनय गरेकी छन् ।

निर्देशक सुदर्शन फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा पाइला चालेका निर्देशक हुन् । उनले ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’, ‘राम कहानी’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

सुदर्शनको नाम यसअघि सुष्मा कार्की र पुजा शर्मासँग जोडिने गरेको थियो । पछिल्लो समय यता सुष्मा र पुजा अलग–अलग बाटो लागिसकेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १२ : ०१ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते