काठमाडौँ उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप « Khabarhub

काठमाडौँ उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ ।

असोजमसान्तमा कुल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्याङ्कअनुसार सो लक्षित जनसङ्ख्यालाई खोप लगाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको छ । उहाँका अनुसार पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई खोप लगाइएको छ । अठार वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ ।

यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार १७ लाख ४५ हजार ५७० जना र पूर्णमात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ९ : ०० बजे

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर

सरकारले निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक 

काठमाडौं– सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,