कार्यभार सम्हाल्दै मन्त्री पौडेलले भने : शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ « Khabarhub

कार्यभार सम्हाल्दै मन्त्री पौडेलले भने : शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै पौडेलले् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् ।

देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही व्यक्तिको लागि नभएर देश र जनताको लागि अहोरात्र काम गर्ने उनको भनाइ छ ।

उनले भने,‘ म मेरो आफ्नो लागि वा व्यक्तिगत प्रयोजनको लागि भन्दापनि शिक्षामा आमुल परिवर्तन गर्ने प्रयत्न गर्नेछु ।’

समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधारका लागि आफुले काम गर्ने उनको भनाइ छ ।

शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो धेरै भन्दा धेरै प्रयास रहेने उनले बताए ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गोपनीतको शपथ लिएलगतै शिक्षा मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । उनलाई शिक्षा मन्त्रालयका कर्मचारी र सचिवले स्वागत तथा बधाई दिएका छन् ।

मन्त्री पौडेलले कार्यभार सम्हाल्दै शिक्षामा सबैको अनुभवलाई लिएर काम गर्ने बताएका छन् । संविधानले दिएको अधिकारलाई सुनिश्चित गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

बाग्लुङको अमलाचौर, बड्डाडाँमा २०२१ साल पुस २८ गते जन्मेका पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।  उनले २०३६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएर आफ्नो राजनैतिक यात्रा सुरु गरेका थिए ।

पौडेललाई तत्कालीन सरकारले २०४२ सालमा १८ महिना धनगढी जेलमा बन्दी समेत बनाएको थियो । एकता केन्द्रसंगको एकता पछि अखिलको महासचिव बनेका उनी माओवादीले २०५१ सालबाट शुरु गरेको शसस्त्र संघर्षमा सुरु देखि नै सामेल भएका थिए ।

२०६८ सालमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका पौडेल भट्टराईले माओवादी छाडेर नयाँ शक्ति गठन गर्दा साथ दिएका थिए ।

भदौ २०७४ मा पौडेल पुन माओवादी केन्द्रमै फर्किए थिए । शिक्षामन्त्री बनेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका पौडेलले अखिल छैठौंको जिल्ला र केन्द्रको नेतृत्व गर्दै पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ५१ बजे

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भएको हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध