कार्यभार सम्हाल्दै मन्त्री पौडेलले भने : शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ « Khabarhub

कार्यभार सम्हाल्दै मन्त्री पौडेलले भने : शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै पौडेलले् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् ।

देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही व्यक्तिको लागि नभएर देश र जनताको लागि अहोरात्र काम गर्ने उनको भनाइ छ ।

उनले भने,‘ म मेरो आफ्नो लागि वा व्यक्तिगत प्रयोजनको लागि भन्दापनि शिक्षामा आमुल परिवर्तन गर्ने प्रयत्न गर्नेछु ।’

समाजवाद उन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधारका लागि आफुले काम गर्ने उनको भनाइ छ ।

शैक्षिक बेरोजगारको समस्या समाधानका निम्ति आफ्नो धेरै भन्दा धेरै प्रयास रहेने उनले बताए ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गोपनीतको शपथ लिएलगतै शिक्षा मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् । उनलाई शिक्षा मन्त्रालयका कर्मचारी र सचिवले स्वागत तथा बधाई दिएका छन् ।

मन्त्री पौडेलले कार्यभार सम्हाल्दै शिक्षामा सबैको अनुभवलाई लिएर काम गर्ने बताएका छन् । संविधानले दिएको अधिकारलाई सुनिश्चित गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

बाग्लुङको अमलाचौर, बड्डाडाँमा २०२१ साल पुस २८ गते जन्मेका पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।  उनले २०३६ सालमा विद्यार्थी आन्दोलनमा सहभागी भएर आफ्नो राजनैतिक यात्रा सुरु गरेका थिए ।

पौडेललाई तत्कालीन सरकारले २०४२ सालमा १८ महिना धनगढी जेलमा बन्दी समेत बनाएको थियो । एकता केन्द्रसंगको एकता पछि अखिलको महासचिव बनेका उनी माओवादीले २०५१ सालबाट शुरु गरेको शसस्त्र संघर्षमा सुरु देखि नै सामेल भएका थिए ।

२०६८ सालमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका पौडेल भट्टराईले माओवादी छाडेर नयाँ शक्ति गठन गर्दा साथ दिएका थिए ।

भदौ २०७४ मा पौडेल पुन माओवादी केन्द्रमै फर्किए थिए । शिक्षामन्त्री बनेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका पौडेलले अखिल छैठौंको जिल्ला र केन्द्रको नेतृत्व गर्दै पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ५१ बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी