छत्तीसगढमा प्रहरी जवानले आफ्नै साथीलाई गोली हाने, चार जनाको मृत्यु « Khabarhub

छत्तीसगढमा प्रहरी जवानले आफ्नै साथीलाई गोली हाने, चार जनाको मृत्यु


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छत्तीसगढको सुकमा आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् ।

घटनामा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनापछि आरोपित जवानलाई हिरासतमा राखिएको छ । हालसम्म उनले किन गोली चलाए भन्ने खुल्न सकेको छैन । यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ बटालियन क्याम्पमा भएको थियो । बिहान ३ बजेर १५ मिनेट जाँदा रितेश रञ्जन नाम गरेका जवानले साथीहरूमाथि फायरिङ गरेका थिए । गोली लागेर दुई जना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।

यो क्याम्पमा ८५ औँ बटालियन जवानको पनि क्याम्प छ । राति गोली चलेपछि क्याम्पमा भागदौड मच्चिएको थियो ।
अन्य जवान दौडेर घटनास्थलमा पुगेपछि अफिसरहरूलाई जानकारी दिइएको थियो । त्यसपछि घटनामा घाइते भएका पाँचजना जवानलाई ११ किलोमिटर टाढा रहेको तेलंगानास्थित भद्राचलम अस्पताल लगियो । उपचारका क्रममा थप दुई जनाको मृत्यु भयो । घाइतेमध्ये दुई जना गम्भीर रहेकाले उनलाई रायपुर रेफर गरियो ।

बदलाको भावना वा मानसिक सन्तुलन बिग्रेको कारणले यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ । एक दिनअघि मात्र आरोपितको उनको साथीहरूसँग विवाद भएको थियो । उनी केही दिनदेखि तनावमा रहेको पनि बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर