पुषमा ‘चपली हाइट ३’, वैशाखमा ‘प्रकाश’ « Khabarhub

पुषमा ‘चपली हाइट ३’, वैशाखमा ‘प्रकाश’


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यसै वर्षको पुष र आगामी नयाँवर्षको अवसर पारेर वैशाखलाई रिलिज गर्ने गरी दुई फिल्मले प्रदर्शन मिति सार्वजनिक गरेका छन् । निर्माता अर्जुन कुमारको निर्माण रहेको सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको फिल्म ‘चपली हाइट ३’ पुष २ गते रिलिज हुनेछ भने दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ वैशाखमा रिलिज हुनेछ । यद्यपि ‘प्रकाश’ रिलिज हुने दिन तोकेको छैन ।

फिल्म ‘चपली हाइट ३’ दुई वर्ष अघि नै रिलिज हुने तयारीमा थियो । तर कोभिड महामारीका कारण फिल्मको रिलिज अनिश्चित भएको थियो ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्टलगायतका कलाकारको अभिनय छ । फिल्मका अघिल्ला दुई सिरिज व्यावसायिक रुपमा सफल फिल्म मानिन्छन् ।

यता फिल्म ‘प्रकाश’ले शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा देखाउनेछ । फिल्ममा अभिनेता प्रदीप खड्काले प्रमुख भूमिका निभाएका छन् ।

फिल्ममा प्रदीपसँगै रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विकास सुवेदीको कथा लेखन रहेको फिल्म विनिश इन्टरटेनमेन्टको व्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । जुम्लामा छायांकन गरिएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, अनुप बरालको कास्टिङ निर्देशन, ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत तथा आरआर फिल्मसका लागि रत्न श्रेष्ठ र रोहित कट्टेलको वितरण छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : ३४ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको