ओपो डेभ्लपर्स कन्फरेन्स : नवप्रवर्तनात्मक प्रविधि सार्वजनिक | Khabarhub Khabarhub

ओपो डेभ्लपर्स कन्फरेन्स : नवप्रवर्तनात्मक प्रविधि सार्वजनिक


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘बिल्डिङ अ बेटर फ्युचर टूगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभ्लपर कन्फरेन्स (ओडीसी) आयोजना गरेको छ ।

सम्मेलनमार्फत ओपोले ओमोजी, रे ट्रेसिङ र हेटेरोजिनस कम्प्युटिङ जस्ता प्रविधिहरूका साथ आफ्नो नयाँ ओपो हेल्थ एज्ड कारलिङक व्यवसाय पनि घोषणा गरेको छ ।

‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरूका साथै अन्तक्रियाका प्रवृत्तिहरू समेत बृहत तथा विविध छन् । विकासकर्ताहरू प्रयोगका विभिन्न परिवेशका साथै लामो सञ्चालन समयका लागि सक्षम हुनु आजको आवश्यकता हो,’ ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च इन्स्टिच्यसटका अध्यक्ष लेभिन ल्यूले भने, ‘ओपो आफ्ना विकासकर्ताहरूलाई चुनौतीहरूको सामना गर्न र प्रयोगकर्ताहरूका लागि सुदृढा भविष्य निर्माणमा सहकार्य तथा सशक्तीकरणका लागि समर्पित छ ।’

ल्यूका अनुसार ओपोले प्रयोगकर्ताहरू माझ उत्कृष्ट सेवा अनुभव पुर्‍याउँदै बहुसंख्यक मानिस तथा उपकरणहरू बीच प्राकृतिक अन्तरक्रियाका लागि त्रुटीरहित अन्तर सम्बन्ध स्थापित गर्दै प्रयोगकर्ता केन्द्रित सर्वब्यापी सेवा अनुभव उपलब्ध गराउने परिकल्पना गरेको छ ।

यस्तो भविस्यका लागि सुदृढ भिज्यूअल्स, कुशल कम्प्यूटिङका साथै बहुसंख्यक उपकरणहरू बीच घनिष्ठ जडानको आवश्यकता पर्दछ । आफ्नो यस परिकल्पना साकार पार्ने कार्यमा ओपोलाई साथ दिन विकासकर्ताहरूको क्षमता अभिवृद्धिका लागि कम्पनीले विभिन्न प्राविधिक क्षमताहरूको शृङ्खला नै सार्वजनिक गरेको छ ।

ओपोले कलरओएस मार्फत एआई सञ्चारित ओमोजी प्रविधि ल्याएको छ । यसमा रहेको डिप लर्निङ मोडल्स र शक्तिशाली एआई अल्गोरिदमहरू मार्फत यसले अनुहारका सुक्ष्म भावहरू खिच्न र पुनःउत्पादन गर्ने क्षमता राख्छ ।

भल्क्यान प्रविधिमा आधारित तथा रे ट्रेसिङ सक्षम मोबाइल हार्डवेयरको अर्को पुस्ताका लागि निर्मित, ओपो रे ट्रेसिङले वास्तविकता नजिक विवरणहरू पुनः उत्पादन गरी प्रयोगकर्ताका लागि सुदृढ दृष्यानुभूति प्रदान गर्ने क्षमता बोकेको छ ।

ओपोले मोबाइल उपकरणहरूमा यसको प्रोटोटाइप विकास गर्ने कार्य सम्पन्न गरिसकेको छ र सन् २०२२को ६ महिना भित्रै विकासकर्ताहरूका लागि प्राविधिक क्षमतामाथि पहुँच प्रदान गर्ने योजना बनाएको जनाइएको छ ।

ओपोले प्रदर्शन र पावर अप्टिमाइजेसन समाधानका रुपमा हेटेरोजिनस कम्प्युटिङ सार्वजनिक गरेको छ । यसले विभिन्न कोर्स, थ्रेड्स तथा प्रोसेसरहरूको अझ प्रभावकारी रूपमा प्रयोग गर्ने क्षमता बोकेको छ ।

ओपोले कारको ढोका खोल्ने र स्मार्टफोन मार्फत कारको स्क्रिनमा कास्ट गर्ने जस्ता धेरै कार्य सम्पादन क्षमता बोकेको ओपो कारलिङ्क सोल्युशन प्रस्तुत गरेको पनि ल्यूले जनाएका छन् । ओपो कारलिङ्क हाल ७० भन्दा बढी कम्पनीहरूसँग साझेदारी गरिरहेको छ ।

ओपोले निवारक चिकित्सा हेरचाह र जीवनशैली परिवर्तनमा केन्द्रित ओपोको स्वास्थ्य व्यवसाय, ओपो हेल्थको स्थापनाको औपचारिक घोषणा पनि गरेको छ ।

सन् २०२१ को शुरुवातसँगै स्थापित ओपो हेल्थ ल्याब, निद्रा, खेलकुद, हृदय स्वास्थ्य, र टेलिमेडिसिन जस्ता क्षेत्रहरूमा केन्द्रित बहुविषयक आरएन्डडी समूह हो ।

ओपोले स्वास्थ्य उद्योगका सहयोगीहरूका लागि डाटा सङ्कलन, विश्लेषण र एप विकासमा सहयोगका लागि उपकरणहरूको सेट ‘ओपो हेल्थ रिसर्च किट’ पनि सार्वजनिक गरेको छ ।

ओपोले ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ मिशन पालना गर्दै विकासकर्ता तथा साझेदारहरूलाई इन्टेलिजेन्ट अनुभवको युगमा खुला र ‘विन–विन’ मानसिकताका साथ काम गर्न निम्तो दिएको जनाइएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ४ : ५३ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

आसोज महिनामा मात्रै झण्डै नौ हजार पर्यटक सगरमाथा क्षेत्रमा

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिनामा झण्डै नौ

साउदी प्रो लिग : अल नासर र अल खोलूदले खेले बराबरी

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासर र अल खोलूदले

इजरायलबाट इरानमा हवाई आक्रमण

काठमाडौं– इजरायलले इरानमा हवाई आक्रमण सुरु गरेको छ । एक

आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै

काठमाडौं– वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज ‘राष्ट्रिय जलवायु सम्मेलन’