सरकार सञ्चालनमा सहयोग गर्न गठबन्धनले बनायो ११ सदस्यीय समिति « Khabarhub

सरकार सञ्चालनमा सहयोग गर्न गठबन्धनले बनायो ११ सदस्यीय समिति

सर्वोच्च विवादमा भएन गहन छलफल


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ  । सोमबार साँझ बसेको सत्तारुढ गठबन्धनको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो ।

समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक गठबन्धन आवद्ध दलका प्रमुख नेता हुनेछन् ।  समितिमा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका २–२ जना सदस्य रहनेछन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार समितिमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् । माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादवको नाम दिइएको छ । बाँकी एक सदस्यको नाम पछि दिइने जनाइएको छ ।

समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनेछन् भने राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।

समितिलाई न्यूनमत साझा कार्यक्रमको कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने, राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्षा तथा संस्थागत सुदृढिकरण, सुरक्षा, सुशासन, सेवा, विकास र संविधानअनुसार हुने चुनाव सफलतापूर्वक सम्पन्न गर्न सरकारलाई समन्वय गर्ने कार्यादेश दिइएको छ ।

सर्वोच्च विवादमा भएन गहन छलफल

बैठकमा सर्वोच्च अदालतमा जारी प्रधान्यायाधीश र न्यायाधीशहरूको विवादबारे गहन छलफल नभएको एक नेताले जानकारी दिए । बैठकमा यस विषयलाई प्रवेश गराउन दोस्रो तहका नेताले खोजे पनि शीर्ष नेताले नै यसमा अनिच्छा जनाएको स्रोतले जनाएको छ ।

गठबन्धनमा राष्ट्रियसभामा रिक्त हुन लागेका २० सदस्यको चुनावमा सहकार्य गरेरै अघि बढ्ने सहमति पनि जुटेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुनमा सकिँदैछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ०५ बजे

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने