आजै घरबाट बाहिर निकाल्नुहोस् यी ५ प्रकारका तस्बिर « Khabarhub

आजै घरबाट बाहिर निकाल्नुहोस् यी ५ प्रकारका तस्बिर


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाई घरमा सुख, शान्ति र खुसीयाली सदैव रहोस् भन्ने चाहनुहुन्छ भने केही यस्ता चीज छन् जो घरबाट बाहिर निकाल्नु पर्ने हुन्छ । यी चीज घरमा हुँदा वा घर ल्याएमा केवल गृह कलह मात्र बढ्दैन आर्थिक हानीसमेत हुने मान्यता छ । वास्तु अनुसार निम्न चीज घरमा प्रवेश गराउनु हानिकार मानिन्छ ।

क) हतियारको तस्बिर

घरमा कहिल्यै खुकुरी, तलवार, चक्कु, बन्दुक, तोप जस्ता खतरनाक हतियारको तस्बिर राख्नु वा भित्तामा टाँग्नु हुँदैन । यसले मनमा हिंसात्मक विचार आउने र परिवारका सदस्यबिच शान्ति भङ्ग हुने र घर झगडा बढ्ने वास्तुको मान्यता छ । यस्ता तस्बिर बारम्बार हेर्दा मानिसको स्वभाव रिसाहा हुने गर्दछ ।

ख) रहस्यमयी स्थानको तस्बिर

केही मानिस रचनात्मक हुने नाममा घरमा भूत–प्रेत वा रहस्यमयी स्थानका तस्बिर राख्ने वा भित्तामा टाँग्ने गर्छन् । तर वास्तु अनुसार यस्ता तस्बिरले घरमा नकारात्मक ऊर्जाको सञ्चार गराउँछ । जसका कारण घरपरिवार सङ्कटमा फस्ने, जीवन कष्टदायी हुने मान्यता छ ।

ग) महाभारतको तस्बिर

घरमा कहिल्यै महाभारतको तस्बिर राख्न वा भित्तामा टाँग्न नहुने मान्यता छ । महाभारत एक पारिवारिक युद्ध हो जो कौरव र पाण्डवबिच भएको थियो । महाभारतको तस्बिरले परिवारमा सङ्घर्षको भावना बढाउने गर्दछ । वास्तु शास्त्र मान्यता अनुसार महाभारतको तस्बिर घरको सुख–शान्तिको बाधक हुन्छ ।

घ) यी तस्बिर लगाउनु हुँदैन

घरमा पानीको फोहोरा, महँगो होटेल, स्कुल वा अस्पतालको तस्बिर पनि कहिल्यै टास्नु हुँदैन । वास्तु शास्त्र अनुसार यी सबै चीज खर्च बढाउने कारक बन्न सक्छन् । यस्ता तस्बिरले परिवारमा बढि खर्च गर्न प्रेरित गर्दछ ।

ङ) ताज महलको तस्बिर

कतिपय मानिस प्रेमको प्रतीक र घरको सुन्दरता बढ्ने नाममा ताज महलको तस्बिर घरमा टाँस्ने गर्दछन् । तर वास्तु अनुसार यस प्रकारको तस्बिर घरमा हुनु नकारात्मकताका प्रतीक मानिन्छ । यस्ता तस्बिरले पति-पत्नीबिच दूरी बढाउने मान्यता छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ४५ बजे

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय