एट्लेटिको मड्रिड अन्तिम १६ मा « Khabarhub

एट्लेटिको मड्रिड अन्तिम १६ मा


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ।

पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको नकआउट चरणमा प्रवेश गरेको हो ।

समूह चरणको अन्तिम खेलमा ६७ औं मिनेटमा यान्निक कारास्कोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडिमा समेटिएको थियो ।

त्यस्तै ७० औं मिनेटमा वेन्डेले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको पोर्टो भने ७५ औं मिनेटमा मार्चेसिनले रातो कार्ड पाएपछि ९ खेलाडीमा सिमित भयो।

एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, एन्जल कोर्रेया र पाउलले एक – एक गोल गरे । खेलको इन्जुरी समयको छैटौं मिनेटमा पोर्टोका ओलिभिएराले एक गोल फर्काएका थिए ।

यस जितसँगै एट्लेटिको समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । एट्लेटिकोले ६ खेलमा ७ अंक जोड्यो । पोर्टो ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ५९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र